टेलरिङ् र ब्यूटिसिएन तालिम सुरु

साझाकुरा
२०८१ जेष्ठ ३, बिहीबार १२:४४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ मा टेलरिङ तथा ब्यूटिसिएन तालिम सुरु भएको छ । बुधबार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले तालिमको उद्घाटन गरेका हुन् ।उनले तालिम पूरा गरेर आयस्रोत बृद्धि गर्न र बजारसँग जोडिन तालिममा सहभागीलाई आग्रह गरे । सीप सिकेर उद्यमशील भए आर्थिकरुपमा सबल भइने पौडेलको भनाई थियो । यस्तै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सहभागीले रहरका लागि भन्दा पनि तालिम लिएर स्वरोजगार हुनुपर्नेमा जोड दिए । उनले तालिमप्रदायक संस्थालाई तालिममा कुनै कमी नगर्न समेत सुझाव दिए ।

प्रदेश युवा परिषद् बागमतीद्वारा आयोजित तालिमप्रदायक संस्था युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेसनल प्रा.लि. काठमाडौं रहेको छ । संस्थाले देशभर सीपमूलक तालिम प्रदान गरिरहेको संस्थाका कार्यकारी निर्देशक केदार बास्तोलाले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका–११ वडाको समन्वयमा सुरु भएको तालिममा ४० जना सहभागी छन् । वडाअध्यक्ष जुना दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*