उपमहानगरको सुबिधामा जोडिए राजदेवीका उपभोक्ता

साझाकुरा
२०८१ जेष्ठ ३, बिहीबार १२:५७

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले नगरवासीका लागि खानेपानीमा दिएको सहुलिएतमा राजदेवीका उपभोक्ता पनि जोडिएका छन् ।नगरमा बसोवास गरेर हेटौंडा खानेपानी बोर्डको धारामार्फत खानेपानीको प्रयोग गरेका स्थानीयका लागि १० हजार लिटरसम्म निःशुल्क प्रयोगका लागि दिएको सुबिधाबाट हेटौंडा–१७ राजेदेवीबासी पनि जोडिएका हुन् ।

बुधबार रानिखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समिति खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै उनीहरु उपमहानगरले खानेपानीमा दिएको सुबिधा उपभोग गर्न पाउँने भएका हुन् । उपभोक्ता समिति हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँको उपस्थितिमा बोर्डमा हस्तान्तरण भएको हो ।हस्तान्तरणसँगै राजदेबी सहित अशोकटोल, जोरधारा कैलासेश्वर, धेल, लक्ष्मीबैकटेश क्षेत्रका ५ सय घरधुरीको खानेपानी उपभामानगरले जिम्मा लिएपछि सुबिधा उपभोग गर्न पाउँने भएका हुन् ।

समितिमार्फत् २७८ घाराबाट करिब २ हजार ५ सय जनसंख्या लाभान्वित हुँदै आएका थिए । कार्यक्रममा नगरप्रमुख लामाले जलश्रोतको धनी देशमा चिनिने हामी नै खानेपानीको सुबिधाबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिनका लागि उपमहानगरले १० हजार लिटरसम्म पानी निःशुल्क गरेको बताइन् ।नगरबासिलाई स्वच्छ र सफा खानेपानीको उपलब्ध गराउँनका लागि बोर्डसँग समन्वय गर्दै अघि बढिरहेको भन्दै अन्य उपभोक्ता समिति पनि बोर्डमा समाहित हुन आवश्यक रहेको बताइन् । नगरवासीलाई खानेपानीको कमी हुन नदिनका लागि बोर्डले श्रोतपहिचान गर्दै पानी बितरणको काम गरिरहेको भन्दै आउने समस्यालाई पनि मिलेर समाधानतर्फ जान उपमहानगर तयार रहेको बताइन् ।

कार्यक्रममा नगरउपप्रमुख बानियाँले स्थानीयका समस्यालाई बुझ्दै खानेपानी बोर्डले स्वच्छ पानी बितरणमा ध्यान दिन सुझाव दिए । सार्वजनिक महत्वका क्षेत्रमा बोर्डले सक्नेजति छुट दिएरै पानीको बितरणको व्यवस्था मिलाउनु पर्ने उनको भनाई थियो । कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्टले स्थानीयको गुनासालाई समाधान गर्दै स्वच्छ खानेपानी बितरणमा ध्यान दिने बताए । आवश्यकताअनुसार पानीको व्यवस्थापन हुने उनको भनाई थियो ।

उपभोक्ता समिति अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१७ का अध्यक्ष उद्धब सत्याल, खानेपानी बोर्डका सदस्यद्वय डा. कृष्ण धिताल, इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, उपभोक्ता समिति उपाध्यक्ष कृष्णप्रसाद नेपाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उपभोक्ता समितिलाई अहिलेसम्मको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गर्नेलाई नगदसहित सम्मान गरिएको थियो । उपमहानगरले बोर्ड बाहेक रहेर खानेपानीको उपभोग गरिरहेका नगरवासीलाई सुबिधा उपलव्ध गराएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*