बिपन्न परिवारलाई सहयोग
हेटौंडा-नेपाल तरुण दल केन्द्रीयसदस्य गुरुप्रसाद दाहाल (गोपी) ले मनहरी गाउँपालिका–५ मा रहेको बिपन्न परिवारलाई सहयोग गरेका छन् ।नेपाल तरुण दल केन्द्रीय समितिलाई केन्द्रीय कार्यालय भवन निर्माण गर्न २ लाख ५ हजार सहयोग गरेका दाहालले मकवानपुरको मनहरी गाउँपालिकाको बिपन्न परिवारलाई सुरक्षित बसोबासको लागि निर्माण सामग्री सिमेन्ट सहयोग गरेका हुन् ।
मनहरी गाउँपालिका–५ निवासी बिपन्न परिवार लालबहादुर गुरुङलाई १५ बोरा सिमेन्ट सहयोग गरेका हुन् । नेपाली कांग्रेस मनहरी गाउपालिका–५ वडासभापति बिष्णु प्रसाद उप्रेती, हेटौडा उपमहानगरपालिका–३ वडासदस्य रत्न गोले, तरुण दल मनहरी गाउपालिका–५ वडासभापति, नेपाली कांग्रेस वडाप्रतिनिधि शान्ता नेपाल, प्रतिमा भण्डारी लगायत स्थानीय समाजसेवीको रोहबरमा गुरुङलाइ घरमै पुगेर सहयोग गरिएको हो ।
गुरुङको घरपरिवार आरक्षको बन्यजन्तुबाट पीडित भएको पाइयो, त्यसैले घरलाइ सुरक्षित बनाउन सामान्य सहयोग गरेको दाहालले बताए । तरुण दल जनताको सुरक्षामा मात्र होइन समस्यामा पनि सधै साथमा रहने दाहालले बताएका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिका–५ वडासभापति उप्रेतीले बिपन्न परिवारलाइ तरुण नेताले गरेको सहयोगप्रति धन्यबाद दिए ।







