घण्टौंबाट मिनेटमा झ¥यो हेटौंडा–ध्याङसि·टार यात्रा
हेटौंडा-बिहान गाउँबाट हिड्यो भने लामो समयको यात्रा पछि पुगिन्थ्यो हेटौंडा । स्थानीय लवाङ लामा सम्झन्छन् चाडै हेटौंडा पुगेर काम भ्याएर फर्कन्छु भनेर हिड्यो, धेरैपटक काम नसकेर हेटौंडामै बास बस्नुपरेको उनी बताउँछन् ।गाउँको बाटो डाँडापाखा हुँदै धुलाम्य भएर बल्लबल्ल थानाभ¥याङ उत्रिएर कपडा फेरफार गरी कामकाजमा लाग्ने गरेका हामी अहिले छोटो समयमै हेटौंडासम्मको यात्रा गर्न सक्ने भएकोमा खुशी भएको उनले बताए । तत्कालीन बसामाडी गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिकामा गाभिएको ध्याङसि·टार, शिखरकोटलगायत क्षेत्रका बासिन्दा नकौंली–भैरबडाँडा हुँदै हेटौंडा–११ थानाभ¥याङ उत्रेर बजारसम्मको यात्रा गर्ने गर्दथे ।
अहिले पनि पैदल यात्राबाट करिब ४ घण्टा र सवारी यात्राबाट झण्डै अढाई घण्टाको यात्रा गनुपर्ने हेटौंडा–१ का प्राबिधिक छठुलाल साहले बताए । सुरुसुरुमा यहाँसम्म आउँदा लाग्ने समय र अहिलेको समयमा घेरै फरक भैसकेको उनी बताउँछन् । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–११ सहिदस्मारक सडकहुँदै गाउँजाने सडक निर्माण गरेसँगै स्थानीयको बजारसँगको दुरी नजिकिएको हो । नबलपुरबाट स्मारक हुँदै पुण्यक्षेत्र जाने सडकबाट उकालो लागेपछि करिब २० मिनेटको सवारी यात्रामा गाउँसम्म पुग्ने अवस्था भएको हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौंपानेले बताए ।
ंजनप्रतिनिधि निर्वाचित भएसँगै स्थानीयको बजारसँगको दुरीलाई घटाउनका लागि ७ वर्षको अवधिमा झण्डै १ करोड ५० लाख रुपैयाँको लागतमा सडक निर्माण, स्ल्याव ढलान सहितका काम गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् । विकासका पूर्वाधार निर्माण भएसँगै यात्राको समय छोटिएको उनले बताए । डाँडापाखाको उकालो बाटो पैदलयात्राबाट सदरमुकामसम्म आउँन दिनै माया मार्नुपर्ने अवस्थालाई चिर्दै स्थानीयको बजारसँगको पहुँचलाई सहज बनाउँने वातावरण तयार
गरिएको उनले बताए ।
घण्टौंको पैदलयात्राबाट सदरमुकामसम्म आउँथ्यौं, पछि सवारीमा पनि लामै समय पार गर्नुको बिकल्प हामीमा थिएन । अब छोटो समयमा बजार पुग्ने अवस्था भयो, हामी खुशी छौं, स्थानीय फूलमाया घलानले भनिन् । उपमहानगरपालिकाले गत आर्थिक वर्ष र चालु वर्षमा गरी ८३ लाख रुपैयाँ बजेट सडकका लागि दिएको छ । गत आर्थिक वर्षमा ५० लाख र चालु वर्षमा दिएको ३३ लाख रुपैयाँबाट बनदेवी–शिखरकोट जाने सडक अन्तर्गतको ५३० मिटर सडकको स्तरीकरण र स्ल्याव ढलानको काम सुरु भएको छ । सुक्रबार सडकको नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले संयुक्तरुपमा सडक निर्माणको शिलान्यास गरेका छन् ।
स्ल्याव ढलानको शिलान्यास गर्दै नगरप्रमुख लामाले गाउँलाई सहरसँगै चाँडै जोडौं, नगरवासीले स्वास्थ्य सहितका सुबिधालाई सहजै उपभोग गर्ने अवस्था श्रृजना गर्नका लागि गाउँमा विकासको काममा तीब्रता दिएको बताइन् । उनले उपमहानगरमा गाभिएका साबिक पाँच गाविसलाई लक्षित गर्दै विकासका कामलाई अघि बढाइएको जानकारी दिइन् । नगरउपप्रमुख बानियाँले समानुपातिक विकासको अवधारणामा अहिले उपमहानगर रहेको बताए ।
पहिले नगरपालिकामा रहेका ११ वडा भन्दा पछि थपिएका ठाउँको विकास गर्नसके उपमहानगरको समग्र विकास हुने धारणा रहेको बताए । उपमहानगरमा रहेर पनि सहरसँगको पहँुचमा कमजोर रहेका ठाउँको विकासमा ध्यान दिँदै अघि बढेको बताए । सडक निर्माणसँगै १ नम्बर वडाको ध्याङसि·टार, नकौंली र १९ को डुमारे, लेकपानी क्षेत्रका नगरपवासीले आफ्नो कृषि उत्पादनलाई बजारसम्म ल्याउने र अतिआवश्यक सुविधाबाट लाभाम्वित हुने अवस्था बन्ने बताइएको छ ।







