जंगलीहात्तीको आक्रमणबाट राईको मृत्य

साझाकुरा
२०८१ जेष्ठ ५, शनिबार १०:५९

हेटौंडा-मकवानपुरमा हात्तीको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगलीहात्तीको आक्रमणबाट मृत्यु भएको हो ।गोठाला गएका बेला चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीले आक्रमण गरी घटनास्थलमै उनको ज्यान गएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बसोबास रहेका राई बिहीवार साँझ गोठाला गएका थिए ।

उनको शव शुक्रबार बिहान क्षतिवक्षत अबस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरीनिरीक्षक दीपक थापाले जानकारी दिए । राईको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालले मनहरीले जानकारी दिएको छ । राइको शव पोष्टमार्टमको लागि हेटौडा अस्पतालमा राखिएको छ ।हात्तीको आक्रमणबाट चराउन लगिएका अन्य २ वटा राँगा पनि घाइते भएको पाइएको पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*