वनदेवी–शिखरकोट सडक स्ल्याब ढलान

साझाकुरा
२०८१ जेष्ठ ६, आईतवार ०९:०७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१ अन्तरगत वनदेवी–शिखरकोट सडकमा ५ सय ३० मिटर स्ल्याब ढलान गर्न सुरु गरिएको छ ।हेटौंडा उपमहानगरको ३३ लाख रुपैयाँ लगानीमा स्ल्याव ढलान हुन लागेको हो । स्ल्याब ढलानको उपमहानगरप्रमुख मीनाकुमारी लामाले शुभारम्भ गरेकी हुन् । शुभारम्भ कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौंपाने लगायतको उपस्थिति रहेको थियो । उपमहानगरको बिकट क्षेत्र घ्याङसिङटार जोड्न गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*