शिक्षक संगठन राक्सिराङको अध्यक्षमा थिङ

साझाकुरा
२०८१ जेष्ठ ६, आईतवार ०९:१७

हेटौंडा-एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको अधिबेशन अध्यक्ष सुजनकुमार मोक्तानको सभाध्यक्षतामा सम्पन्न भएको छ ।अधिबेशनले अशोक थिङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटीमा उपाध्यक्ष सपना रुम्बा, प्रदिप घलान, सचिवमा प्रकाश थोकर, कोषाध्यक्ष तीर्थराज प्रजा, सहसचिव नारायण महतो रहेका छन् । यसैगरी, अधिवेशनले महेन्द्र यादव, सूर्यनारयण चौधरी, जुनु दोङ, आशा रुम्बा, डिल्लीप्रसाद स्याङतान, तिलक बिक, गोबिन्द थिङलगायत सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको जिल्ला अध्यक्ष बसन्त राईको प्रमुख आतिथ्यमा भएको भेलामा शुभरत्न गोले, बनस्तम थिङ, हस्तबहादुर मोक्तान, एकराज गौत्तम, साजन पाख्रिनलगायतको आतिथ्यता रहेको थियो । प्रमुखअतिथि राइले सबै प्रकारका शिक्षकको हकहित र अधिकार सुरक्षित गर्न यस संगठनमा आवद्ध रहन सबैलाई अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*