६७ वर्षीया अशक्त गोमालाई घरमै पुगेर नागरिकता

साझाकुरा
२०८१ जेष्ठ ७, सोमबार ०९:५८

हेटौंडा- मकवानपुर थाहा नगरपालिका–८ आग्राकी ६७ वर्षीया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ ७ गते जन्मिएकी गोमा शारीरिकरुपमा पूर्णअशक्त छिन् ।हालसम्म नागरिकता पाउन नसकेकोले उनले सामाजिक सुरक्षाभत्ता तथा अपा·ता परिचयपत्र समेत पाउन सकेकी थिइनन् । नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलसहित सहदेव आचार्य, मदन श्रेष्ठलगायतको टोली ५ जेठमा आग्राको खानीखोला पुगेका थिए । नागरिकता वितरण कार्यक्रममा वडाध्यक्ष हेमकुमार थिङ, वडासदस्य बद्री थापा, वडा कार्यालयका उमेश थापालगायत स्थानीयको उपस्थिति रहेको थियो ।

थाहा नगरपालिका–८ आग्रा खानीखोलाकी गोमालाई ८ नम्बर वडाध्यक्ष थिङ तथा स्थानीय दुतराज थिङको विशेष पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो । जन्मजात पूर्णअपा·ता भएकी गोमा बोल्न र हिँडडुल गर्न सक्दिनन् । नागरिकता प्राप्त गरेसंगै अब उनलाई सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने प्रक्रिया अघि बढाउने वडाध्यक्ष थिङले बताए । अपा·ता परिचयपत्रका लागि मेडिकल अधिकृतको समेत चेकजाच चाहिने भएकोले यसका लागि पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रका डाक्टरसँग सहकार्य गरिने थिङको भनाइ छ ।

नागरिकता वितरण पश्चात् प्रतिक्रिया दिदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत पौडेलले भने–‘अरु पनि गाउँघरमा यस्ता असक्त नागरिकताकै अभावका कारण राज्यको सुविधाबाट वञ्चित कोही भए भन्नूस् हामी सहयोग गर्छौ ।,’ यसअघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी, राक्सिराङलगायत पालिकामा अशक्त÷अपा·ता भएकाहरुलाई घरमै पुगेर नागरिकता वितरण गरेकोे थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*