आग्रामा गोले वंशउत्थान समाजको राष्ट्रिय भेला

साझाकुरा
२०८१ जेष्ठ ७, सोमबार १३:३४

हेटौंडा-गोले तामाङ वंशउत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारण सभा मकवानपुरको आग्रामा भएको छ । थााह नगरपालिका–७ डाँडाबासमा भएको भेलाले गोलेको ऐतिहासिक थाकथलो किपटभूमि सिन्धुपाल्चोकको थाङपाल र नुवाकोट लच्याङ ऐतिहासिक सम्पदाको संरक्षण गर्ने घोषणा गरेको छ ।समाजका सल्लाहकार तथा पूर्वमन्त्री मणि लामा गोलेको प्रमुख आतिथ्यतामा भएको राष्टिय भेलाले विश्वभरका सम्पूर्ण गोलेवंशलाई समेट्दै अघि बढ्ने उद्देश्य राखेको समाजको अध्यक्ष मीन गोले तामाङले बताए ।

कार्यक्रममा थाहा नगरउपप्रमुख भरत गोपाली, समाजका संस्थापक अध्यक्ष जयप्रसाद गोले, समाजका सल्लाहकार तथा पूर्वमन्त्री दावा गोले, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, अलइन्डिया बुद्धिस्ट एशोसियसन भारतका केन्द्रीय सदस्य लिप्चन गोले, केन्द्रीय सदस्य तथा चिफ प्याटर्न बिक्रम गोलेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।समाजका अध्यक्ष मीन गोलेको अध्यक्षतामा भएको भेलाले गोलेबंशबाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको थियो भने लाप्तावा, लावोन, बोन्वोहरु क्रमशः कान्छा बोन्वो थाङ्पाल गुन्सा, सिन्धुपाल्चोक, मोतिलाल गोले लच्याङ नुवाकोट, रामबहादुर गोले, थाहा–६, रामबहादुर गोले थाहा–७ सहित ४५ जना सहयोगीलाई सम्मान गरिएको थियो ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन पास गरेको छ । समाजका केन्द्रीय उपमहासचिव शुभराज गोलेले संचालन गरेको कार्यक्रममा देश तथा विदेशबाट ५ सय गोलेबन्धुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*