विद्यार्थीलाई निःशुल्क लेखापालन तालिम
हेटौंडा-नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ईकाई कमिटीको आयोजनामा निःशुल्क लेखापालन तालिमको सुरु भएको छ ।अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अभ्युदय खनालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्यामपस प्रमुख डा. यम सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । आईतबारदेखि १० दिनसम्म सञ्चालन हुने तालिमको प्रशिक्षण किशोर अर्यालले गर्नेछन् ।
विद्यार्थीको शैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास सहित क्षमताको विकासको लागि तालिम आयोजना गरिएको क्याम्पस कमिटी अध्यक्ष खनालले बताए । तालिममा ब्यवस्थापन संकाय अन्तगत स्नात्तकतहमा अध्ययनरत १२० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।