अटो तथा इ–रिक्सा युनियन अध्यक्षमा उप्रेती

हेटौंडा-नेकपा एकीकृत (समाजवादी) पार्टी मकवानपुरको घटक संगठन एकीकृत अटो तथा इ–रिक्सा युनियन मकवानपुर समाजवादीको दोस्रो जिल्ला भेला सप्पन्न भएको छ ।भेलाले कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदिपप्रसाद सुवेदी, सचिवमा विश्वमित्र सापकोटा र कोषाध्यक्षमा विश्वराज सुर्खेतीलाई चयन गरेको छ ।भेलाले खेमलाल कार्की, प्रकाश भट्ट, देवराज लामा, बासु रानामगर, किरण लामा, बिनोद कार्की, धनपती कुँवरलगायतलाई सदस्यमा चयन गरेको छ ।सन्तोष ओझाको सभाध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष विष्णु दाहालको प्रमुख आतिथ्यतामा हेटौंडा–४ स्थित समाजवादी पार्टीको सभाहलमा भेला भएको हो । कार्यक्रममा पार्टीका जिल्ला सचिव ध्र्रुव भुजेल, उपसचिव किशोर बर्तौला, ट्रेड युनियनका जिल्ला सदस्य दीपक बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।