हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड ११ वर्षमा

हेटौंडा-हेटौंडा खानेपानी व्यावस्थापन बोर्डको ११ औं वार्षिकोत्सब भएको छ । कार्यक्रमको हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले बिरुवा रोपेर उद्घाटन् गरिन् । खानेपानी बोर्ड आज ११ वर्ष पुगेको अवसरमा कार्यक्रम गरिएको हो ।कार्यक्रममा खानेपानी बोर्डका सदस्य इन्द्रप्रसाद नेपालले बोर्डमा आएपछि गरिएका कामको विवरण जानकारी गराएका थिए । खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोर्डले बिभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।
बोर्डको ११ औं वार्षिककोत्सवमा बोर्डबाट प्रदान गरिने सेवाप्रवाहलाई डिजिटलाइजेशन गर्न सहयोग गर्ने श्यामकल श्रेष्ठ, पाइनलाइन लिकेज र बोर्डसँग सम्बन्धित अन्य सूचना प्रदान तथा सारोकारवालाबीच सौहार्दपूर्ण वातावरण तयार गर्न सहयोग गर्ने व्यक्तित्व शिबबहादुर थापा, भीमसेन पौडेल, राजु अधिकारीलाई सम्मान गरिएको छ ।यसैगरी बोर्डबाट बितरण गरिने खानेपानीको अधिक उपभोग गर्ने तथा नियमित महशुल रकम भुक्तानी गर्ने उपभोक्ता मोटल एभोकाडो अकिर्ड रिसोर्ट प्रालि, पुष्पा घिमिरे, कृष्णप्रसाद दंगाल, वलभद्र राना, भवनाथ लामिछाने सम्मानित भएका छन् । यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई नगद सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यालयतर्फ अनिल सुबेदी, कनिष्ठ सहायक, मिटर रिडिङ ईकाइप्रमुखको भूमिकामा उत्कृष्ट किशोरराज न्यौपाने, विदुर खड्का, सानुकान्छा जिम्बा, कार्यालय सहयोगी, कृष्णप्रसाद वाग्ले, मोहन दोङ, गोकुल रिजाल, दीपक चौलागाई, दुर्गा बहादुर थिङ पुरस्कृत गरिएको छ ।यसैगरी शाखा कार्यालयतर्फ उपोक्ता समितिबाट बोर्डमा हस्तान्तरण भई बोर्ड अन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रोत्साहनस्वरुप नगद सहित प्रशंसापत्र प्राप्त गर्ने कर्मचारी केदारबहादुर थिङ, गीता विश्वकर्मा, सानुकान्छा थिङ, नुरेन्द्रराज ढकाल रहेका छन् ।