हेटौंडामा बसको ठक्करबाट एकजनाको मृत्यु

साझाकुरा
२०८१ जेष्ठ १३, आईतवार १३:५१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ स्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन नखुलेको र मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*