इन्द्रसरोवरमा करेन्ट लागेर बालकको मृत्यु
हेटौंडा-मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका–५, बाघखोरस्थित क्रसरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । करेण्ट लागेर १३ वर्षीय रोहित रुम्बाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बुधबार दिउँसो ३ बजेको समयमा सडक निर्माणका लागि स्थापना गरिएको अमर कन्ट्रक्सन क्रसरको ट्रान्समिटरकोतारमा छुँदा बालकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । बालकको मानसिक अवस्था ठीक नभएको प्रहरीले जानकारी दिएकोछ । प्रहरीचौकी फाखेल र इलाका प्रहरी कार्यालय भीमफेदीबाटटोली खटिएर मुचुल्का तथा अनुसन्धान कार्य गरिरहेको प्रहरीलेजनाएको छ ।







