मकवानपुरमा कार दुर्घटना, बाबुछोरी र चालकसहित तीन जनाको मृत्यु

साझाकुरा
२०८१ जेष्ठ १७, बिहीबार १२:५९

हेटौंडा- काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा.६ च ९३६९ नम्बरको कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा मंगलबार दिउँसो कार करिब २५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनको छोरी ३ महिनाकी अर्जिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार चालकको पनि मृत्यु भएको प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनकाअनुसार मृतक चालकको पहिचान खुलिसकेको छैन । मृतक तीनजनाको हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको भण्डारीले बताए । दुर्घटनामा परी दुईजना महिला गम्भीर घाइते भएका छन् । घाइते मनहरी–८ बेलुवा बस्ने २३ वर्षीया सरिता परियार र चितवन राप्ती नगरपालिका–१ लोथर बस्ने ३५ वर्षीया सानोकान्छीको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको डिएसपी भण्डारीले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*