मकवानपुरका सिडिओ सेढाईको सरुवा, चिलुवाल आउने

साझाकुरा
२०८१ जेष्ठ १८, शुक्रबार ०९:५८

हेटौंडा- मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको सरुवा भएको छ । गृह मन्त्रालयले २५ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सहसचिवको सरुवा तथा पदस्थापन गरेसँगै मकवानपुरका सिडिओ परिवर्तन गरेको हो । यसै क्रममा मकवानपुरमा गृह मन्त्रालयबाट तीर्थराज चिलुवाल नयाँ सिडिओको रुपमा आउने भएका छन् । सेढाईको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक सरुवा भएको छ । बुधबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*