२४ जनाले गरे रक्तदान

साझाकुरा
२०८१ जेष्ठ १८, शुक्रबार १०:००

हेटौंडा-टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तरगत पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आग्रह गरे ।

टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगरसमन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्यामकुमार रिमाल, अन्जु पन्डित, वडासमन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञबहादुर आचार्यलगायत सहभागी थिए ।समितिले भोलि १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीको विक्रीवितरण नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । जेठ १९ गते नगरभित्रका सम्पूर्ण टोल विकास संस्थामा विहान ७ बजे सफा हेटौंडा अभियान अन्तरगत सरसफाई कार्यक्रम र दिउँसो २ बजे वनविज्ञान अध्ययन संस्थानमा मेयर÷उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

त्यस्तै २० गते दिउँसो १ बजे रोयल पार्टी प्यालेसमा फोहोरमैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्धलेखन प्रतियोगिता आयोजना गरिने र २१ गते विहान ६ बजे हुप्रचौरबाट उपमहानगरपालिकाको कार्यालयसम्म वातावरणीय सचेतनामूलक साइकल ¥याली तथा सम्मान कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले बताए । जेठ २२ गते विहान ७ बजे मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण तथा दिउँसो ३ बजे रोयल पार्टी प्लालेसमा खेर गएका बस्तुबाट उत्पादित सामग्रीको प्रतिस्पर्धा आयोजना गरिने जनाइएको छ ।

त्यस्तै जेठ २३ गते विहान रोयल पार्टी प्लालेसमा कपडाको झोला वितरण कार्यक्रम आयोजना गर्नुको साथै पुरस्कार तथा सम्मान कार्यक्रम गरिने जनाइएको छ । सोहीदिन वातावरण सचेतनासम्बन्धी ¥यालीले नगरपरिक्रमा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघसंस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वसँग समन्वय गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*