हेटौंडामा फोहोर खोज चुनौती प्रतियोगिता

साझाकुरा
२०८१ जेष्ठ १९, शनिबार ०९:५५

हेटौंडा-टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा फोहोर खोज चुनौती प्रतियोगिता र प्लास्टिकजन्य सामग्रीको विक्रीवितरण नगर्न सचेतना अभियान सञ्चालन गरिएको छ ।विश्व वातावरण दिवस २०८१ को अवसरमा समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रोदिन १ हजार केजीभन्दा बढी फोहोर प्लाष्टिक संकलन गरी त्यसको व्यवस्थापन गरेको हो ।हेटौंडा–१० वनविज्ञान अध्ययन संस्थानको गेटदेखि सुरु भएको फोहो खोज चुनौती प्रतियोगिता बसपार्क क्षेत्रमा गएर समापन भएको थियो ।

कार्यक्रममा विकास मगर र अनिसा राना मगरको समूह प्रथम राजकुमार सापकोटा र रिना सापकोटाको समूह दोस्रो, अरुणा भन्डारी र प्रमिला चालिसेको समूह तेस्रो भएको थियो । त्यस्तै सञ्जय सिग्देल र निश्चल भट्टको समूह र स्तोत्र लामिछाने र मन्दिप हुमागाईँको समूहले सान्त्वना स्थान हासिल गरेको हो । विजयी समूहलाई क्रमश १० हजार, ५ हजार, ३ हजार र २÷२ हजार रुपैयाँ नगद पुरस्कार एवम् प्रमाणपत्र समापन कार्यक्रमको दिन प्रदान गरिने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

सो अवसरमा हेटौंडा उपमहानगरपलिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, नगरसमन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, विष्णु ढुंगाना, शान्ति श्रेष्ठ, महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव एवम् कार्यक्रम संयोजक चन्द्रावती पनेरु, पुन्यवती घिमिरे, हर्करत्न लामा लगायतको उपस्थिति रहेको थियो ।

समितिले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरेको थियो । समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत वातावरण संरक्षणमा टेवा पुग्ने गरी अन्य कार्यक्रमको सूचि सार्वजनिक गरिसकेको छ । सप्ताहव्यापी कार्यक्रमको समापन जेठ २३ गते हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*