जनहित स्वावलम्बनमा शिक्षा शिविर

साझाकुरा
२०८१ जेष्ठ २०, आईतवार ११:१३

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–५ खैरेनीस्थित जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले शनिबार एकदिने सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ ।संस्थाका अध्यक्ष श्रीराम अर्जुनको सभाध्यक्षता तथा गाउँपालिका कार्यपालिका सदस्य एवम् वडा ५ का वडा सदस्य नन्दकुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) मकवानपुर फिल्ड कार्यालयका प्रमुख विदुर खड्काले प्रशिक्षण दिएका थिए । खड्काले सहकारीसँग जाडिएका राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य मान्यता, सम्बन्ध, नीतिनियम, सहकारीमा सिद्दान्त, सञ्चालका, लेखासमिति, विभिन्न उपसमितिका काम कर्तव्यबारे जानकारी दिनुका साथै भाखा नाघेका ऋणसँग जोडिएका विषयवस्तुलाई सहजीकरण गरेका थिए ।

त्यस्तै, सहकारीका व्यवस्थापक दीर्घबहादुर थापाले शिक्षा शिविरमा सहकारीका विभिन्न ऋण नीति, बचत लगायत संस्थागत विषयवस्तुबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्थामा आवद्ध रहेका विभिन्न आयआर्जन समूहका अध्यक्ष, सचिव तथा कोषाध्यक्षको सहभागिता रहेको थियो ।संस्थाको वार्षिक कार्ययोजनाअनुरुप सहकारी शिक्षा शिविर सञ्चालन गरिएको संस्थाका सचिव राजन घिमिरेले बताए । कार्यक्रममा नेफ्स्कुनका हेटौंडा कार्यालयप्रमुख विदुर खड्का, संस्थाका संस्थापक अध्यक्ष गुणनिधि ढकाल, निवर्तमान अध्यक्ष तथा लेखासमिति संयोजक चण्डिका पौडेललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*