चित्लाङ–चन्द्रागिरि सडक २० असारसम्म बन्द

साझाकुरा
२०८१ जेष्ठ २५, शुक्रबार ०९:३९

हेटौंडा- गणेशमान मार्गको थानकोट–चित्लाङ सडक खण्ड आगामी २० असारसम्म बन्द हुने भएको छ ।यो सडक खण्ड अन्तर्गत सेतोपहरोमा सडक निर्माण तथा मर्मत गर्ने कम्पनीले ग्रेड उच्चरहेको र चौडाइ कम भएको स्थानमा ब्रेकर प्रयोग गररे ब्याक कटिङ र ग्रेड डाउन गर्न सडक बन्द हुने चन्द्रागिरी नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।सडक निर्माणको ठेक्का प्राप्त गरेको कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवम् स्तरोन्नति गर्न लागिएकोले बिहीबारदेखि २० असारसम्म ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा बन्द हुने विज्ञप्तिमा छ ।

सडक विभागको डिभिजन सडक कार्यालय काठमाडौं मातहतमा रहेको सडक बन्द गर्न नगरपालिकालाई सडक डिभिजनले मंगलबार पत्र काटेको थियो ।वर्षामा हिलो र हिउँदमो धुलो हुने यो सडक खण्ड बाराको निजगढ, वीरगञ्ज, हेटौंडा र थाहा नगरपालिकाबाट काठमाडौं उपत्यका छिर्ने छोटो दुरीको सडक हो । यो सडक खण्डको स्तरोन्नति नहुँदा उच्चजोखिम मोलेर काठमाडौं आउजाउ गर्नुपर्ने बाध्यता छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*