मनहरीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

साझाकुरा
२०८१ जेष्ठ २६, शनिबार १०:२६

हेटौंडा-मकवानपुरको पश्चिमीक्षेत्र मनहरी गाउँपालिका–९ रजैयामा भारतीय नम्बरको ग्यास बुलेट गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२११ नम्बरको बुलेटले बिपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार कास्की पोखरा—११ की ३३ वर्षीया निर्मला अधिकारी घाइते भएकी थिइन् । उनको उपचारका क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । गाडीको ठक्करबाट मोटरसाइकल चालक सुवास गुरुङ घाइते भएका छन् । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । गाडीचालक बिहारका ३७ वर्षीय मनीन्द्रकुमार दास इलाका प्रहरी कार्यालय, मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*