पिप्ले युवा क्लबको अध्यक्षमा घिमिरे
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रहेको पिप्ले युवा क्लबको १६ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेसन भएको छ ।शनिबार साँझ भएको साधारणसभालाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले खेल क्षेत्रमा क्लबको सक्रियताप्रति जिल्लामै नमूना बन्दै गएको बताए । क्लबले रंगशाला निर्माणको नेतृत्व लिएर राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सहयोग मिलेको भन्दै क्लबप्रति थप जिम्मेवारी काँधमा आइरहेको बताए ।राम्रा खेलाडी उत्पादनमा क्लबले पहिलेजस्तो सक्रियता नयाँ नेतृत्वले पनि गर्न जोड दिँदै क्लबको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । अधिवेशनले सुविन घिमिरेको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुदीपसिंह ठकुरी, उपाध्यक्षमा बाबुराजा खनाल, सचिवमा दीपेन्द्र ढकाल, सहसचिवमा आवेश लामा र कोषाध्यक्षमा विवेक शर्मा अर्याल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा निरन्जन मानन्धर, नरेन्द्र मुक्तान, रबि थापा, अनुज कार्की, विवेक अर्याल रहेका छन् । सभामा वार्षिक आयव्यव र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । क्लबका अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा भएको सभामा जिल्ला खेलकुद समितिका अध्यक्ष वेश खड्की, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे, शिक्षाविद् पुरनबहादुर जोशी लगायतको आतिथ्यता रहेको थियो ।