हेटौंडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

साझाकुरा
२०८१ जेष्ठ २९, मंगलवार १२:३४

हेटौंडा- हेटौडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध परिएको छ । सवारी दुर्घटनामा मृत्यु भएकाको आफन्तहरु दोषिलाई कानुनी दायरामा नल्याएको भन्दै हेटौंडा–९, स्थित औद्योगिक क्षेत्रको गेट अगाडि राजमार्गमै धर्ना बसेका थिए ।गत जेठ २५ गते मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिई मोटरसाइकलमा सबार हेटौंडा–८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन् ।प्रहरीलाई पटक–पटक अनुरोध गर्दा समेत आफूहरुलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरुले राजमार्ग अवरुद्ध गरेका हुन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ए एस २५ डीसी ०२१२ नम्बरको खाली ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भएको दुर्घटनामा अधिकारीको ज्यान गएको थियो ।घटनापछि आफूहरुले प्रहरीलाई पटक–पटक अनुरोध गर्दा पनि सवारी धनीलाई हेटौंडा नझिकाइएको भन्दै आफूहरुले बाध्य भएर राजमार्ग अवरोध गर्नु परेको मृतकका आफन्त सपना श्रेष्ठले बताइन् ।मृतक अधिकारीको श्रीमान् गत १८ वर्षबाट सम्पर्कमा नरहेको र मृतकको एक छोरी मात्र रहेको कारण न्यायको लागि आफूहरु आन्दोलित हुनुपरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*