महिलाहरूलाई झोला बनाउने तालिम

हेटौंडा- उद्योग तथा वाणिज्य कार्यालय हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं १ को संयोजनमा महिलाहरूलाई आयमूलक झोला बनाउने तालिम दिइएको छ ।१५ दिनसम्म चलेको तालिम समापन गर्दै वागमती प्रदेश सरकार उद्योग मन्त्रालयका सचिव राजेन्द्र केसीले सिकेको तालिमलाई आयमूलक काममा लगाउन आग्रह गरे । उनले काम गर्दै जाँदा थप उच्चस्तरीय तालिम आवश्यक परे कार्यालय तयार रहेको बताए । हेटौंडा १ का २० जना महिला सहभागी तालिम समापनका विशेष अतिथि वडा अध्यक्ष सविन न्यौपानेले सिकेको तालिमलाई समूह बनाएर तथा एक्लैले व्यवहारमा उतार्न अनुरोध गर्दै त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
कार्यालयका प्रमुख रामप्रसाद भुसालको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाइली, वडासदस्यद्वय रामकृष्ण अधिकारी र मनु दाहाल, प्रशिक्षक रमेशराज बज्राचार्य लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए ।तालिममा थैली, सपि· झोला, पर्सलगायत १३ थरीका झोला बनाउन सिकाइएको प्रशिक्षक बज्राचार्यले बतमए । १ नं वडाको सभाहलमा भएको तालिम जेठ १४ गतेदेखि सुरू भएको कार्यालयका लेखमान राउतले जानकारी दिए ।