राष्ट्रिय परिचयपत्रका लागि दुई पालिकामा दर्ताशिबिर
हेटौंडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने जेष्ठनागरिक र अपा·ता भएका लाभग्राहीको लागि दुई पालिकामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर संचालन गरेको छ ।जिल्ला प्रशासनले मकवानपुरका ९ वटा पालिकासँगको समन्वयमा पालिकाको केन्द्रमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर संचालन गर्न लागेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले दिएको जानकारी अनुसार हिजो बुधबारदेखि बागमती गाउँपालिकामा र आज बिहीबारदेखि राक्सिराङ गाउँपालिकामा दर्ता शिबिर सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालयमा भीड लाग्न थालेपछि प्रशासनले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचयपत्रको विवरण दर्ता गर्ने टोली खटाउने निर्णय गरेको थियो । नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनेको भीड बढेको हो ।राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन विशेषतः ज्येष्ठ नागरिक र अपा·ता भएका व्यक्तिले सास्ती पाएका छन् । शारीरिक रुपमा अशक्त बनिसकेका ज्येष्ठ नागरिकले परिचयपत्रको लागि विवरण दर्ता गराउन दिनभर लाइन बस्नुपर्दा कष्ट भोग्न बाध्य भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा लाइन बस्ने क्रममा बुधबार र बिहीबार एक÷एक जना जेष्ठनागरिक बेहोस् भएका थिए । लाइनमै बेहोस् भएपछि उनीहरुलाई हेटौंडा अस्पताल पु¥याइएको थियो ।
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउनको लागि जिल्लाका दुर्गम क्षेत्रका व्यक्तिले कार्यालय आउँदा निकै कष्ट ब्यहोर्नु परेकोले विवरण दर्ताको लागि पालिकाको केन्द्रमा नै टोली पठाउन लागेको प्रजिअ चिलुवालले बताए । राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको लागि २ वटा टोली खटाइएको छ । गाउँपालिकामा ४ दिन र थाहा नगरमा ६ दिन शिबिर संचालन हुनेछ ।







