बिपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा नेरेसो मकवानपुर

साझाकुरा
२०८१ असार ४, सोमबार ११:५२

हेटौंडा-नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले बिपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । आइतबार सोसाइटीले काँकडा, राक्सिराङ र सरिखेत उपशाखा अन्तर्गत वनेको समन्वय समितिसँग पूर्वतयारीका विषयमा छलफल गरेको हो । समन्वय समितिका सयोजक चित्रबहादुर थिङको अध्यक्षतामा बसेको बैठकले विपद् पूर्वतयारी, राहत तथा उद्दारलगायत विभिन्न विषयमा छलफल गरेको छ । बिपद्का समायमा राहत तथा उद्दारका सामग्री चुस्त राख्ने, तालिमप्राप्त स्वयम्सेवकहरुलाई बिपद्का घटनामा उद्दारकार्यका लागि तयारी अवस्थामा राख्ने विषयमा छलफल तथा निर्णय भएको छ ।

छलफलमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लालबहादुर थापा, कोषाध्यक्ष किशोर बर्ताैला, जिल्ला सदस्य सुन्तलीमाया चेपाङ, कार्यालयप्रमुख लक्ष्मण भट्टराई, ब्लड बैंक प्रमुख टंक दाहाल, लेखाप्रमुख रामजी खतिवडा, समन्वय समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । राक्सिराङ गाउँपालिकामा रहेका तीनवटै उपशाखाको समन्वय समिति निर्माण गरिएको छ । यसअघि गत शुक्रबार नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा तथा जिल्ला शाखाले मनहरी गाउँपालिकामा पनि यस्तै तयारी बैठक सम्पन्न गरेको थियो ।

मनसुनजन्य बिपद्मा उद्दार तथा राहतका लागि स्थानीय जनप्रतिनिधि तथा तालिम प्राप्त स्वयम्सेवकलाई तयारी अवस्थामा रहन समन्वय गरिएको थियो । यसैबीच मनहरी–६ हङ्लङमा २०८१ जेष्ठ १९ गते आएको हावाहुरीले घरमा क्षति पुगी विस्थापित भएका १० घरपरिवारलाई राहतस्परुप त्रिपाल वितरण गरिएको जिल्ला शाखाका लेखाप्रमुख खतिवडाले जानकारी दिएका छन् ।मनहरी उपशाखा सभापति मोहन कार्कीको अध्यक्षतामा विपद्को समयमा राहत तथा उद्दारलगायत विभिन्न बिषयमा छलफल भएको थियो । छलफलमा नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति थापा, कोषाध्यक्ष बर्तौला, सदस्य सुन्तलीमाया चेपाङ, कार्यालय प्रमुख भट्टराई, लेखाप्रमुख खतिवडा, उपशाखासचिव पुस्कर सुबेदीलगायत मनहरी उपशाखाका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*