चोरी गर्ने २ जना पक्राउ

साझाकुरा
२०८३ जेष्ठ १५, शुक्रबार १३:००

हेटौँडा- मकवानपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–८ बुढीचौर घर भई हाल हेटौँडा–७, कमानेमा डेरा गरी बस्दै आएका २३ वर्षीय चुडामणि खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् । उनीहरूको साथबाट दुई थान सुनका चुरा, एक थान औँठी, कानमा लगाउने दुई थान झुम्का, एक थान बोल्टकटर, चार थान घडी, सुन राख्ने एक थान डब्बा तथा नगद चार हजार ११५ रुपियाँ बरामद गरिएको छ ।वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले हेटौँडा–५ सानोपोखरा चोक क्षेत्रमा शड्ढास्पद रूपमा हिँडिरहेको अवस्थामा उनीहरूलाई खानतलासी गर्दा उक्त सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिइ थप अनुसन्धान अघि बढाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*