आगूऔषध सेवन र विषादिले क्यान्सर बढ्दो

साझाकुरा
२०८३ जेष्ठ १५, शुक्रबार १२:५१

हेटौंडा-नेपालमा लागूऔषध दुव्र्यसनी र दैनिक उपभोग्य तरकारीमा प्रयोग भएको हानिकारक विषादिका कारण क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको बताइएको छ ।नेपाल अर्बुद रोग (क्यान्सर) निवारण संस्था जिल्ला शाखा मकवानपुरका अध्यक्ष माधव अधिकारीले नेपालमा १५ प्रतिशतमा रहेको क्यान्सर रोगीको संख्या पछिल्लो समय ३० प्रतिशत हाराहारी पुग्न लागेकोमा चिन्ता व्यक्त गरे ।‘लागूऔषध दुव्र्यसनी बढ्दै जानु र मानिसले दैनिक प्रयोग गर्ने तरकारीमा प्रयोग भएको हानिकारक विषादि मुख्य कारण देनिएको छ’, अध्यक्ष अधिकारीले हाम्रो दैनिक खानपानमा सुधार नगरे निकट भविष्यमा प्रत्येक घरमा क्यान्सर रोगी हुने सम्भावना रहेको बताए ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा संस्थाले विहीबार हेटौंैडा–१ स्थित अमर माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकलाई संयुक्तरुपमा प्रशिक्षण दिँदै हेटौंडा उपमहानगरपालिका कृषि विकास शाखाका गणेश खड्काले तरकारीमा प्रयोग भएको विषादिका कारण दीर्धरोग बढ्दै गएको बताए । उनले मधुमेह (सुगर), उच्च रक्तचाप, मानसिकरुपमा समेत समस्याहरु सिर्जना हुने गरेको बताए । यसबाट बच्न तरकारीलाई पखाल्ने, पुछेर सुकाउने, बोक्रा ताछ्ने, उमाल्ने, प्रेसर कुकरमा (स्टिमिङ) गर्ने जस्तो कार्य राम्ररी गर्न सके विषादिको असर न्यूनीकरण गर्न सकिने उनले बताए ।

यस्तै, स्रोतव्यक्ति जय प्रकाश घिमिरेले लागूऔषधमा रक्सीजन्य, सुर्तीजन्य, क्यान्विस (गाँजा, चरेस, भाङ), कोडिन, शान्त मनस्थिति (लठ्याउने÷ निन्द्राजन्य), हेरोइन (ब्राउन सुगर, डेन्ड्राइट) जस्ता पदार्थहरु रहेको बताए । उनले यसको प्रयोगबाट व्यक्तिको परिवारिक, सामाजिक, आर्थिक बर्वादीसंगै सिंगो देश नै विकराल समस्याको भूमरिमा पर्ने जानकारी दिए ।कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले लागूऔषध दुव्र्यसनबाट हुने असर र तरकारीमा प्रयोग हुने विषादिको बारेमा अहिले धेरै व्यक्तिहरु जानाकार भएपनि व्यवहारमा त्यसलाई न्यूनीकरण गर्न नखोज्ने गरेको बताए ।

उनले क्यान्सर जस्तो रोगबाट आफू र आफ्ना परिवार जोगाउन तत्कालै रोगथामका उपायहरुमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा विद्यालयकी अध्यक्ष जानकी गिरी, प्रधानाध्यापक मालती उप्रेती, संस्थाका कोषाध्यक्ष लक्ष्मण महतलगायतले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । संस्थाले हेटौंडा उपमहानगरका पाँच वटा विद्यालयमा यसकिसिमको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*