शिबम् नेस्नल गोल्ड अवार्ड वितरण

साझाकुरा
२०८१ असार ४, सोमबार ११:५६

हेटौंडा- शिवम् सिमेन्ट उद्योगले शिवम् कीर्ति समारोह २०८१ सम्पन्न गरेको छ । पाँचवर्ष पछि ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरिएको हो ।समारोहमा कम्पनीले उत्कृष्ट डिलरमध्ये सर्वोत्कृष्ट ३१ वटा डिलरलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । रिजनल अवार्डअन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको हो । नेशनलअन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष अवार्ड दिइएको छ । यसका साथै सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँचवर्षमा कोभिड–१९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि वितरक तथा डिलरले देखाएको धैर्यता र ऐक्यवद्धतालाई आधार मानेर यो कार्यक्रम राखिएको जानकारी दिए । शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपरस्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिलकुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका थिए ।

शिवम् सिमेन्टका सर्वोत्कृष्ट बिक्रेताअन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका छन् । समारोहमा नेपालको चर्चित कलाकारका साथै भारतका ख्यातिप्राप्त कलाकार कृष्ण अभिषेक र सुदेश लेहरीले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । कम्पनीका अध्यक्ष गौरव गोयलले आपसी सदभाव, समझदारी र सहकार्यबाट आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यो सहकार्यलाई जारी राख्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*