राक्सिराङबाट तीन युवा पक्राउ
हेटौंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका–५ ठुलो खोल्साबाट लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ–८ बस्ने बर्ष–२१ को अशोकलाल मोक्तान, सोही स्थान बस्ने बर्ष–३१ को दीपक मोक्तान र बर्ष ३५ को बुद्धिलाल मोक्तान रहेका छन् ।गस्ती हिडेको प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट ८ केजि ५०० ग्राम लागुऔषध गाँजा बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीचोकबाट अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् । करिब ३० किलोग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने २१ वर्षीय सुजन मुक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।प्रहरीचौकी पथलैयाबाट खटिएको प्रहरीले अम्लेखगंजबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३–००५१ प ४८७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक मुक्तानलाई गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







