पतञ्जली योग समिति मकवानपुरमा थापा

साझाकुरा
२०८१ असार १०, आईतवार १२:१९

हेटौंडा- पतञ्जली योग समिति मकवानपुर अध्यक्षमा रामकृष्ण थापा चयन भएका छन् । समितिको पाचौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पुनः थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।शनिबार भएको अधिवेशनबाट समितिको उपाध्यक्ष राजन थापा, महामन्त्री ऋषिकुमार ढकाल, मन्त्री चिरञ्जीवि पौडेल, कोषाध्यक्ष हरिप्रसाद पौडेल, संगठन मन्त्री राजु अधिकारी, बौद्धिक प्रभारी गहन खतिवडा, रक्तदान प्रभारी देवराज आचार्य, वृक्षरोपण प्रभारी रमेश ढकाल चयन भएका छन् ।यस्तै सदस्यहरु ईन्द्रप्रसाद नेपाल, भरत ढुंगाना, भुपेन्द्र पौडेल, युक्तलाल विश्वर्मा, रमेश सिंघल, हयग्रीव न्यौपाने (कृष्ण), सरु वंसल, पुष्पा पुन चयन भएका छन् । समितिको सल्लाहकारमा विष्णु श्रेष्ठ, रामप्रसाद दाहाल, रुपा श्रेष्ठ, पद्मा पौडेल, बिके महर्जन, चन्द्रकान्ता श्रेष्ठ, विष्णु दाहाल, ज्ञानप्रसाद चौलागाई चयन भएका छन् ।

यसैगरी शशिकला थापाको अध्यक्षतामा पतन्जली योग महिला समिति गठन भएको छ । समितिको उपाध्यक्ष शकुन्तला सिंह, महामन्त्री अनिता नेपाल, मन्त्री प्रभा बानियाँ, कोषाध्यक्ष दुर्गा महत, संगठन मन्त्री सरस्वती दाहाल, बौद्धिक प्रभारी शशि दाहाल, बृक्षरोपण प्रभारी भगवती खरेल, रक्तदान प्रभारी उर्मिला रानामगर, विद्यालय प्रभारी सुशीला भण्डारी, सूचना अभिलेख प्रभारी सावित्री पराजुली ढकाल चयन भएका छन् ।यस्तै सदस्यहरुमा विन्दु मानन्धर, रमा मानन्धर, विष्णु शाह, सत्यवति पौडेल, तारा कंडेल, गीता आचार्य, दुर्गा पाण्डे, लक्ष्मी पनेरु, गोमा कार्की, मिन्ती योन्जन, लक्ष्मी अधिकारी, पुण्यवती प्रधान, रेखा मैनाली, रेणुका ढुंगाना, मीनामल्ल, खिलाकुमारी थिङ (लिला), कल्पना लामा, मिनुरानी सैजु चयन भएका छन् ।

अधिबेशनले जयराम पुलामीको अध्यक्षतामा युवा योग समिति गठन गरेको । समितिको उपाध्यक्ष राजु सापकोटा, महामन्त्री गुणनाथ अधिकारी, मन्त्री राजन काफ्ले, कोषाध्यक्ष सुधा ढुंगाना चयन भएका छन् । सदस्यहरुमा स्वस्ति आचार्य, ओम सापकोटा, सुमन्त सिलवाल, कृतिका आचार्य, संझना कार्की, रुद्रनाथ घिमिरे, जानुकाकुमारी तिमल्सिना, निपेन्द्र लम्साल, चन्द्रकला पौडेल, सुजन घिमिरे, सीता कार्की, पवन रायमाझी, पवित्रा थापा चयन भएका छन् ।यसैबीच अधिवेशनले रघुप्रसाद आचार्यको अध्यक्षतामा हेटौंडा उपमहानगर योग समिति गठन गरेको छ । समितिको उपाध्यक्ष माया पौडेल, महामन्त्रीमा अर्जुन हुमागाई, कोषाध्यक्ष सरस्वती श्रेष्ठ, संगठन मन्त्री प्रेमजी श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा साधुराम राउत, विश्वनारायण श्रेष्ठ, माधव घिमिरे, दीपा सापकोटा, सरस्वती पहाडी, जया मैनाली, विना लामिछाने, बालकुमारी पाण्डे चयन भएका छन् ।

साधारणसभामा २०७४ र २०८० सालमा योग सहायक प्रशिक्षक तालिम प्राप्त गरेका २२७ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी ईन्द्रप्रसाद नेपाल, कृतिका आचार्य, रमिता पाण्डे, उत्तम थापा, प्रकाश मैनाली, प्रमेश पराजुली, शान्ति थापा, मिना मल्ल, सुम·ला श्रेष्ठ, ह्यग्रीव न्यौपाने, संझना कार्की, मोनिका खड्का, लक्ष्मीकान्त अधिकारी, माधव लामिछाने, बिन्दा पुडासैनी, वसुन्धरा सुटुनन, रमेश सिंघल, जया मैनाली, कृष्ण ढुंगाना, बद्री अर्याल, कृष्णकुमार अग्रवाल, ज्ञानप्रसाद छत्कुली, भावना पोखरेल, उद्योग वाणिज्य संघ, बालज्योति माविलाई सम्मानगरिएको थियो ।

जिल्ला अध्यक्ष थापाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पतन्जली योग प्रदेश समिति प्रमुख प्रभारी ग्रोविन तौजलेको विशिष्ट आतिथ्यता, प्रदेश महामन्त्री सुधा कलौनी, समितिका सल्लाहाकार पुनम कर्माचार्य, समितिका काभ्रे सदस्य विष्णुप्रसाद नराद, समितिका सहप्रभारी बविता थपलिया, प्रदेश सदस्य ध्रुब पौडेललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*