यौन दुव्र्यवहारविरुद्ध सचेतना कार्यक्रम
हेटौंडा-हेटौंडामा रहेको हिरण्य नेपालले बालबालिकामा हुने यौनदुब्र्यवहारविरुद्ध सचेतना कार्यक्रम गरेको छ । बालबालिकाहरुमा हुनसक्ने गलत छुवाइबाट कसरी बच्ने, संभावित दुब्र्यहारबाट कसरी बच्ने र दुब्र्यवहार भइहालेमा त्यसको उजुरी कहाँ कसरी गर्ने, परिवार, विद्यालय, यात्रालगायतको स्थलमा सुरक्षित कसरी रहने भन्नेबारे प्रशिक्षण गराइएको हो ।उनीहरुलाई संस्थाको सचिव तथा मनोविमर्षकर्ता एलिना ढुंगानाले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाको वडा बालसञ्जालको अध्यक्ष÷सचिवहरु, नगरस्तरीय बालसञ्जालको अध्यक्ष÷ सचिवहरु र विभिन्न बालगृहमा बस्दै आएका प्रतिनिधि बालिकाको उपस्थिति थियो । बालबालिकालाई नैतिक शिक्षा, बालसमूह तथा सञ्जाल सञ्चालनको क्रममा बैठक व्यवस्थापन, माइन्युट लेखन सीपबारे पनि कक्षा सञ्चालन गरिएको थियो ।
यसैगरी बालबालिकालाई रिस व्यवस्थापन तथा तनाव व्यवस्थापनबारे पनि प्रशिक्षण गराइएको हिरण्य नेपालको अध्यक्ष कल्पना शर्माले बताइन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै हेटौडा उपमहानगरपालिका २ नम्बर वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति सुरज बर्ताैलाले बालबालिकालाई हरक्षेत्रमा सुरक्षित राख्नको लागि आवश्यक पर्ने सीप, क्षमता विकास जस्ता कार्यमा सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताए ।यसैगरी ग्रामीण असायह बालबालिका सामुदायिक पुनर्थापना केन्द्रका प्रमुख देबेन्द्र राईले विशेषगरी बालिकालाई आत्मारक्षाको सीप आवश्यक रहेको बताए । प्रशिक्षण कार्यक्रममा सरिता दाहाल, हार्दिका राउतले सहजिकरण गरेका थिए । कार्यक्रम ग्रामीण असायह बालबालिका सामुदायिक पुनर्थापना केन्द्रको आर्थिक सहयोग तथा हिरण्य नेपालको आयोजनामा भएको थियो ।







