७ जना भीमफेदी कारागार चलान
हेटौंडा-पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती इलाकाबाट १३० किलो १५० ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका ७ जनालाई पुर्पक्षको लागि भीमफेदी कारागार चलान गरिएको छ ।जिल्ला अदालत मकवानपुरले प्रतिबादीलाई सिधा खान पाउने गरी पुर्पक्षको लागि भीमफेदी कारागार मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार कैलाश गाउपालिका–४ धुसराङ बस्ने वर्ष २८ को बमबहादुर प्रजा, सोही स्थान बस्ने वर्ष ३१ को बीरमान प्रजा, वर्ष २७ को हरिकुमार प्रजा, वर्ष २१ को टीकाराम प्रजा, मनहरी–५ डिल्लीपुर बस्ने वर्ष ३६ को दीपक सारुमगर, मनहरीको हाँडीखोला बस्ने वर्ष ४४ को रामहरि लुईटेललाई थुनामा पठाएको हो । पक्राउ पर्दाको अवस्थामा नाबालक अनुमान गरी सांकेतिक नाम दिईएका वर्ष २० को सुरेश प्रजा भन्ने मंगलसिं चेपाङको हकमा २० हजार रुपैयाँ धरौटी रकम खुलेकोमा धरौटी रकम बुझाउन नसक्दा उनलाई पनि पुर्पक्षको लागि पठाईएको प्रहरीले जनाएको छ ।







