चट्याङ लागेर दुईजना घाइते

साझाकुरा
२०८१ असार १४, बिहीबार १३:१०

हेटौंडा- मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १५ बर्षीया बालिका र राक्सिराङ गाउँपालिका–४ का ३५ बर्षीय टीकाराम मोक्तान रहेका छन् ।मंगलबार दिउँसो ३ बजेतिर चट्याङ लागेर विद्यालयबाट घर फर्कदैँ गरेकी १५ बर्षीयम बालिका घाइते भएकी हुन् । उनको अवस्था मध्यम रहेको र मनहरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दिउँसो ३ः३० बजेतिरको समयमा चट्याङ लागेर घाइते भएका मोक्तानको प्राथमिक स्वास्थ्यकेन्द्र राक्सिराङ लगिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*