जनप्रिय माविलाई टेलिकमको निःशुल्क फाइवरनेट
हेटौंडा- जनप्रिय मावि हेटौंडा–१६ लाई नेपाल टेलिकम हेटौंडाले १ वर्षको निःशुल्क एनटी फाइवरनेट सुविधा उपलब्ध गराएको छ । टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुरका १५ विद्यालयलाई यस्तो सेवा प्रदान गरेको बताइएको छ ।एक कार्यक्रमबीच जनप्रिय माविलाई निःशुल्कफाइवरनेट हस्तान्तरण गरिएको हो । हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यता तथा नेपाल टेलिकम हेटौंडाका प्रमुख सुशीलप्रसाद साहको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद बस्ताकोटीले अध्यक्षता गरेका थिए । कार्यक्रममा नेपाल टेलिकम हेटौंडाका लेखाअधिकृत रमेशप्रसाद खतिवडा, व्यापार अधिकृत दीपक खड्का, सहायक व्यापार अधिकृत श्रीराम खतिवडा, विद्यालयका सल्लाहकार गुञ्जबहादुर न्यौपाने, अर्जुनप्रसाद वाग्ले, विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानाध्यपक चौलागाईले दातृसंस्थालाई धन्यवाद ज्ञापन गरेका थिए भने टेलिकमका तर्फबाट प्रमुख साहले सहयोगबाट विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने अपेक्षा व्यक्त गरेका थिए । जनप्रिय मिडिया विभाग संयोजक सुनिल गौतमले सञ्चालन गरेको कार्यक्रमलाई शिक्षक संप्रस पौडेलले व्यवस्थापन गरेका थिए । कार्यक्रममा शिक्षकहरु अनिता तिमल्सिना, अप्सरा दुलाल, गोपाल घिमिरे लगायतको उपस्थिति थियो ।यसैगरी, राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा जनप्रिय मावि हेटौंडा–१६ की एरिना चौलागाईसहित ३ कविहरु उत्कृष्ट घोषित भएका छन् । मदन भण्डारी फाउण्डेशन हेटौंडाले आयोजना गरेको खुला कविता प्रतियोगितामा उनीहरु उत्कृष्ट घोषित भएका हुन् । प्राप्त भएका कवितामध्ये पहिलोचरणमा १० उत्कृष्ट कविता छनोट भएपछि दोस्रो चरणमा उत्कृष्ठ ३ कवि छनोट गरिएको हो ।
विजेताहरु एरिना चौलागाईँ, बैकुण्ठ लामिछाने र कृष्मा लौडारीले जनही ६ हजार पुरस्कार राशीसहित प्रमाणपत्र प्राप्त गरेका थिए । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई विशाल अधिकारी आशुतोषले सञ्चालन गरेका थिए । प्रतियोगिताको निर्णायकमा भने साहित्यकार घनश्याम घिमिरे, मनोज पोखरेल र भावना सापकोटा रहेका थिए ।







