४५ जनाले गरे रक्तदान
हेटौंडा- लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ र यस अन्तर्गतका चार लियो क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । क्लबका अध्यक्ष अशोक सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ विकेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा क्लब अफ हेटौंडा मसुक्तिनाथका अध्यक्ष अस्मित घिमिरे, लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टिभिजनका अध्यक्ष प्रनिश श्रेष्ठ, प्यारेडाइनका अध्यक्ष प्रतिक्षा ओझा, वरियरका अध्यक्ष कृति विष्ट, लियो डिस्ट्रिक्ट काउन्सिलका शुसान्त खतिवडालगायतको उपस्थिति रहेको थियो ।यस अवसरमा रक्तसंचार केन्द्र हेटौंडाले लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ र लियो मुक्तिनाथ परिवारलाई सम्मान गरेको थियो । मुक्तिनाथ क्लबले प्रत्येक वर्ष जुलाई १ मा यस्तो रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।







