दिगो वन व्यवस्थापन सम्बन्धी तालिम
हेटौंडा- डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा मंगलवारदेखि ३ दिने दिगो वन व्यवस्थापनसम्बन्धी तालिम हेटौंडामा सुरु भएको छ ।वनको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ ? भन्ने विषयमा जानकारी दिन तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिमको माध्यमबाट सामुदायिक वनले वनको दिगो व्यवस्थापन गरी उपभोक्ताको माग, वनको उत्पादकत्व र वातावरणको सन्तुलन मिलाउन गर्नुपर्ने विभिन्न कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको वन अधिकृत दीपक अधिकारीले बताए ।
तालिममा शिव सापकोटा, राकेशप्रसाद चन्द्रवंशी, दीपक अधिकारी र विशाल भट्टराईले सहजिकरणको भूमिका निर्वाह गरेका छन् । तालिम समयसापेक्ष रहेको र समूहले पनि दिगो वन व्यवस्थापनमा आधारित भएर कार्ययोजना बनाउदै गरेको तालिममा सहभागी रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । तालिममा विभिन्न सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको छ ।







