आयुर्वेद केन्द्रबाट ३३ हजारले सेवा लिए

साझाकुरा
२०८१ असार २१, बिहीबार १२:४३

हेटौंडा- आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरलाई अस्पतालको सेवा प्रदान गर्ने स्थान र जनशक्तिको अभावमा सेवा सञ्चालन गर्न कठिनाई भएको पाइएको छ ।अस्पतालले प्रदान गर्दै आएको सेवाह सञ्चालनको लागि योगाहल, विशेषज्ञ जनशक्तिको अभाव रहेको बताइएको छ । अभावका बाबजुद चिकित्सालयले चालु आर्थिक वर्षको जेठ मसन्तसम्म ३२ हजार ९९१ जनालाई सेवा दिएको छ । स्थान अभावकै कारण ल्याब सेवा, फिजियोथेरापी सेवा र पन्चकर्म सेवा प्रदान गर्न समस्या भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर कार्यलय प्रमुख डा.ललिता पाण्डेले बताइन् । यसैगरी अस्पतालमा सेवाग्राहीको माग अनुसार औषधि अभाव रहेको डा.पाण्डेले बताइन् ।

यस चिकित्सालको मातहतका कार्यालयअन्तरगत हटिया आयुर्वेदे औषद्यालयबाट २ हजार २३९, चुरियामाई औषद्यालयबाट १ हजार ३८०, काँकडा आयुर्वेद औषद्यालयबाट २ हजार ३००, नागरीक आरोग्य सेवाकेन्द्रबाट ९ हजार ३९२ जना र यस केन्द्रबाट १७ हजार ६८० जना बिरामीले सेवा लिएका छन् । यो चिकित्सालयलाई प्रदेश सरकारबाट चालुतर्फ १ करोड ८१ लाख र पुँजीगततर्फ १ लाख १० हजार रुपैयाँ विनियोजित भएको थियो । जसमा पुँजीतर्फ सतप्रतिशत र चालुतर्फ ७५ प्रतिशत प्रगति भएको डा.पाण्डेले बताइन् ।

यसैगरी संघीय बजेट मार्फत चालुतर्फ ३६ लाख ३० हजार र पुँजीगतमा १ लाख २२ हजार रुपैयाँ प्राप्त भएकोमा चालुतर्फ ९५ प्रतिशत प्रगति भएको उनले बताइन् । संघीय बजेटतर्फ पनि सतप्रतिशत पुँजीगत प्रगति भएको दाबी गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको आयोजनामा आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।कार्यक्रममा जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायत पत्रकारको उपस्थिति थियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका डा.साईरस न्यौपानेले पञ्चकर्म र तनाव व्यवस्थापन सीपबारे सहजिकरण गरेका थिए ।

समय र ऋतु अनुसार खानपान र जीवनशैली अपनाउन सकियो भने स्वस्थकर जीवन बिताउन सकिने डा.न्यौपानले बताए । हाल मकवानपुरको भीमफेदी र मकवानपुरगढी गाउँपालिका बाहेक अन्य ८ वटा स्थानीय
तहमा आयुर्वेदिक औषद्यालय सञ्चालनमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*