चौघडाको स्वास्थ्यचौकी नगरकै उत्कृष्ट

साझाकुरा
२०८१ असार २१, बिहीबार १३:१२

हेटौंडा-हेटौंडा–६ चौघडामा रहेको हेटौंडा स्वास्थ्यचौकी हेटौंडा उपमहानगरकै उत्कृष्ट स्वास्थ्य संस्था भएको छ । फागुन २० गते आ.व. २०८०÷८१ को लागि जनस्वास्थ्य कार्यालय मकवानपुरबाट गरिएको मापनमा हेटौंडा स्वास्थ्यचौकी चौघडा स्थानीय स्वास्थ्य संस्थामध्ये सर्वोत्कृष्ट भएको हो । न्युनतम सेवा मापदण्डमा हेटौंडा स्वास्थ्यचौकीले ९९ प्रतिशत अंक ल्याएको छ । सर्वोत्कृष्ट भएको हेटौंडा स्वास्थ्यचौकीलाई जनस्वास्थ्य कार्यालय मकवानपुरले सम्मान गरेको छ । स्वास्थ्यचौकीका प्रमुख टिएन ढुंगेललाई जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । समुदाय र स्वास्थ्यचौकी निरन्तरको समन्वय र सहकार्यले यो सफलता हासिल गरेको बताउँदै प्रमुख ढुंगेलले स्वास्थ्यचौकीको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर लागिरहने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*