अपाङ्गता भएकी युवती बलात्कार गरेको ठहर गर्दै १० वर्ष कैद

साझाकुरा
२०८१ असार २१, बिहीबार १३:१६

हेटौंडा- बौद्धिक अपाङ्गता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद गर्ने फैसला गरेको छ ।जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको इजलासले मकवानपुरको बकैया गाउँपालिका–३ का ५० वर्षीय चतुरमान गोलेलाई युवतीलाई बलात्कार गरेकोमा ७ वर्ष र बौद्धिक अपा·ता भएकीलाई बलात्कार गरेकोमा थप तीन वर्ष गरी १० वर्ष कैद गर्ने फैसला गरेको हो ।अदालतले गोलेलाई ३ लाख रुपैयाँ जरिवानासहित ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आदेश गरेको छ । २०८० पुस २६ गते गोलेले युवतीलाई बलात्कार गरेका थिए । गोले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*