लेनडाँडामा फास्ट ट्रयाकको अर्को सुरुङ पनि ‘ब्रेक थ्रु’

साझाकुरा
२०८१ असार २२, शुक्रबार १२:०१

हेटौंडा- काठमाडौं–तराईमधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको लेनडाँडास्थित एउटा सुरुङ बिहीबार छिचोलिएको (ब्रेक थ्रु भएको) छ ।मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६१२ मिटर लामो सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । योसँगै फास्ट ट्रयाकमा पर्ने तेस्रो सुरुङ पनि छिचोलिएको छ ।सो सुरुङमार्गछिचोल्ने कार्यक्रमको प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट निरीक्षण गरेका थिए ।

सो अवसरमा उनले द्रुतमार्गका अन्य सुरुङहरु पनि छिचोलिने क्रममा रहेको भन्दै सरकारले दिएको जिम्मेवारी सेनाले जिम्मेवारीपूर्वक निभाइरहेको बताए ।यसअघि ४ जेठमा द्रुतमार्गको लेनडाँडामै रहेको काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६३३ मिटर लामो सुरुङ छिचोलिसकेको थियो । त्यस्तै, ११ जेठमा धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६५३ मिटर लामो सुरुङ पनि छिचोलिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*