आशा विशेष होस्टेलमा आगलागी

साझाकुरा
२०८१ असार २५, सोमबार १३:२९

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, रामनगर स्थित आशा बिशेष होस्टेलमा आइतबार आगलागी भएको छ । फरक क्षमता भएका बालबालिकालाई राख्ने होस्टेलको भान्साकोठामा ग्यासचुलाबाट आगो सल्कन गई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार, आगोलागीमा परेर सोही होस्टेलमा काम गर्ने हेटौंडा–८, बस्ने अन्दाजी ४५ वर्षीय पूर्णकुमार सापकोटा घाइते भएका छन् । घाइते उनको स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । दिउँसो १ बजे लागेको आगो झण्डै पौने १ घण्टा पश्चात प्रहरीचौकी चौघडाबाट खटिएको प्रहरीटोली, दमकल र स्थानीयको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भान्साकोठामा रहेका भाडावर्तन, अन्नपात, ग्यासचुल्हो, पानी तातो÷चिसो बनाउने मेसिन, फर्निचरलगायतको सामग्री जलेर नष्ट भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*