बागमती प्रदेशभर ४० र मकवानपुरमा ३७ प्रतिशत रोपाइँ

साझाकुरा
२०८१ असार २५, सोमबार १३:३४

हेटौंडा- बागमती प्रदेशमा ४० प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा असार २१ गते शुक्रवारसम्म जम्मा ४६ हजार ४५ हेक्टर क्षेत्रफल अर्थात ४०.१९ प्रतिशत रोपाइँ भएको छ ।मन्त्रालयका सूचना अधिकारीले प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी दोलखामा ६१ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए । उनले धान रोपाइँ हुने कुल क्षेत्रफल २ हजार ८१४ हेक्टर रहेको दोलखामा अहिलेसम्म जम्मा १ हजार ७१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । यस्तै सबैभन्दाकम रोपाइँ ललितपुरमा जम्मा २० प्रतिशत मात्रै भएको छ । यहाँ ४ हजार १६३ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको भएपनि यसवर्ष अहिलेसम्म यहाँ जम्मा ८३३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

मन्त्रालयका बालीविकास अधिकृत सुदीप भुजेलका अनुसार काठमाडौंमा ५ हजार ९२६ हेक्टर जमिनमध्ये २४ प्रतिशत अर्थात १ हजार ४२२ हेक्टर क्षेत्रफलमा, भक्तपुरमा ३ हजार ७१९ हेक्टरमा २४ प्रतिशत अर्थात ८९३ हेक्टर, २४ हजार २४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ४९.२८ प्रतिशत अर्थात जम्मा ११ हजार ९४८.२८ हेक्टरमा रोपाइँ सकिएको छ ।त्यस्तै मकवानपुरमा ९ हजार ४५० हेक्टर जमिनमध्ये ३७.२ प्रतिशत अर्थात ३ हजार ५१५.४ हेक्टर क्षेत्रफलमा, नुवाकोटमा ११ हजार ६१२ हेक्टर जमिनमध्ये ३५ प्रतिशत अर्थात ४ हजार ६४.२ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । त्यस्तै प्रदेशको रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा यसवर्ष ३८ प्रतिशत अर्थात ४१५.३४ हेक्टरमा, धादिङमा १३ हजार ६०० हेक्टर जमिनमध्ये ४ हजार ५०४.८२ हेक्टर अर्थात ३९.८२ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।

सिन्धुलीमा ११ हजार १८८ हेक्टर जमिनमध्ये ४९ प्रतिशत अर्थात ५ हजार ४८२ हेक्टर जमिनमा, रामेछापमा ७ हजार ८५९ हेक्टर जमिनमध्य २२ प्रतिशत अर्थात १ हजार ७२९ हेक्टर जमिनमा, काभ्रेपलाञ्चोकमा १० हजार १०८ हेक्टर जमिनमध्ये ५३.८४ प्रतिशत अर्थात ५ हजार ४४३.३१ हेक्टर जमिनमा र सिन्धुपाल्चोकमा ८ हजार ७८२ हेक्टर जमिनमध्ये ४६.४ प्रतिशत अर्थात ४ हजार ७७.५५ हेक्टर जमिनमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*