थाहा नगरपालिकाको वित्तीय प्रगति ८० प्रतिशत

साझाकुरा
२०८१ असार २६, मंगलवार ०९:४५

हेटौंडा- मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा ८०.२७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । १४ औं नगरसभाबाट पारित विनियोजन ऐनमा पालिकाले यो प्रगति हासिल गरेको हो ।थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि चालुतर्फ ५२ करोड ५८ लाख ७८ हजार बजेट विनियोजन गरेकोमा ४७ करोड ३ लाख ४२ हजार २ सय ९९ रुपैयाँ अर्थात ८९.४४ प्रतिशत खर्च भएको लेखाअधिकृत अमरबहादुर जिसीले जानकारी दिए ।

त्यसैगरी पुँजीगततर्फ ५१ करोड ११ लाख ८६ हजार ८ सय ३५ रुपैयाँ विनियोजन भएकोमा ३६ करोड २० लाख ७९ हजार ६ सय ६९ रुपैयाँ अर्थात ७०.८३ प्रतिशत वित्तीय प्रगति भएको लेखाअधिकृत जिसीको भनाइ छ । चालु आर्थिक वर्षका लागि थाहा नगरले १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपैयाँ बजेट विनियोजन गरेकोमा ८३ करोड २४ लाख २१ हजार ९ सय ६८ रुपैयाँ खर्च गरेको हो ।थाहा नगरपालिकाले आम्दानीको आधारमा ९६.४२ प्रतिशत वित्तीय प्रगति गरेको छ । थाहानगरले ८६ करोड ३३ लाख १४ हजार ३ सय ६३ रुपैयाँ आम्दानी गरेको छ । सशर्ततर्फको पूर्णरकम खर्च नभएकोले जम्मा आम्दानी बढी देखिएको लेखाअधिकृत जिसीले बताए । उनले भने,–‘बढी भएको सशर्त बजेट संघीय र प्रदेश सञ्चितकोष खातामा फिर्ता हुने गर्दछ ।,’

आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन भएको वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने सबैलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णगिरीले धन्यवाद दिएका छन् । यसैबीच चालु आर्थिक वर्षमा भएको वित्तीय प्रगति अघिल्लो आर्थिक वर्ष २०७९÷८० को भन्दा ०.३२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट विनियोजन भएकोमा ९४ करोड ६७ लाख ३८ करोड ८ सय ५६ अर्थात ८०.५९ प्रतिशत वित्तीय प्रगति भएको थियो । यो आर्थिक वर्षमा चालुतर्फ ९०.२८ र पुँजीगततर्फ ७०.९० प्रतिशत वित्तीय प्रगति भएको थाहा नगरको तथ्यांक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*