प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिता सुरु

साझाकुरा
२०८३ जेष्ठ १४, बिहीबार १३:५२

हेटौँडा- बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा प्रदेशस्तरीय खेल गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा प्रदेश सरकारले जोड दिएको बताए ।

उनले सात वटै प्रदेशलाई खेलमार्फत् जोड्ने गरी प्रदेशले तयारी थालेको समेत जानकारी दिए । मुख्यमन्त्री बानियाँले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रदेश सरकारले खेल पूर्वाधार विकास र खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । उनले भने ‘राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*