राप्तीतटमा फलफूलका बिरुवा रोपियो
हेटौंडा-हरित सुन्दर नगरीको पहिचान बनाएको हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० राप्तीतट क्षेत्रमा फलफूलका बिरुवा रोपेको छ ।बजार क्षेत्रमा फूलका बिरुवा हुर्काउनलाई प्राथमिकतामा राखेको उपमहानगले बाइपासको राप्तीतटीयक्षेत्रमा फलफूलका बिरुवा रोपेको हो ।हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले तटीय क्षेत्रमा आँप, एभोकार्डो, लिची, रुखकटहर, अम्बा सहितका फलफूलका बिरुवा रोपेका हुन् ।
बिरुवाले फल दिने अवस्था भएपछि स्थानीय बासिन्दा सहित राप्तीतटीय क्षेत्रमा आउँनेले फलफूल खाँदै रमाउन सक्ने बताइएको छ ।उपमहानगरले राप्ती पुलबाट दक्षिण कुष्माण्ड क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तयारी अनुसार त्यस क्षेत्रमा बृक्षरोपण कार्यलाई प्राथमिकतामा राख्दै आएको छ ।







