हेटौंडा–१ र ३ मा ढुंगा, गिट्टी उत्खननबारे सार्वजनिक सुनुवाई

साझाकुरा
२०८१ श्रावण ४, शुक्रबार १२:२९

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ वडा कार्यालयमा सार्वजनिक सुनुवाइ गरिएको छ । १ नम्बर र ११ नम्बर वडा जोड्ने राप्तीनदीबाट जथाभावी ढुंगा, गिट्टी, बालुवा उत्खननका विषयमा सरोकारवालाबीच अन्तरक्रिया सहितको सार्वजनिक सुनुवाइ गरिएको १ नम्बर वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।वडाध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाध्यक्ष जुना दाहाल, उपमहानगर कार्यपालिका सदस्य ईश्वरी रसाइली, ११ नम्बर वडा सदस्यद्वय सन्जय बिडारी, विकास नेपाललगायत सरोकारवालाको उपस्थिति थियोे । यस्तै, हेटौंडा उपमहानगरपालिका–३ मा पनि नदीजन्यपदार्थ उत्खनन् विषयलाइ लिएर सार्वजनिक सुनुवाई गरिएको छ ।

३ नम्बर वडाध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडाध्यक्ष जुना दाहाल, १९ नम्बर वडाध्यक्ष नरनाथ सुवेदी, ११ नम्बर वडासदस्य गोपिनी सापकोटा, ३ नम्बर वडासदस्य हर्कबहादुर पाख्रिन, हेउमनपाका अधिकृत बसन्तराज सिटौलालगायत सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा क्रसर उद्योग समस्यामा परेको यसका सञ्चालकले गुनासो गरेका थिए । सरकारले नीति राम्रो नबनाउने अनि व्यवसायीलाई गलत दृष्टिले हेर्ने गरेको गुनासो गरे ।

क्रसर व्यवसायीकै कारण निर्माणसम्बन्धी काम सम्पन्न हुने हुनाले व्यवसायीका हितका विषयमा सरकारले सोच्नुपर्ने कुरा उठाइयो । हेटौंडा उपमहानगरपालिकाले नदी उत्खनन गर्ने, कहाँ कम गर्ने, कहाँ उत्खनन गर्दै नगर्ने भन्ने विषयमा नीति निर्माण गरी कार्यान्वयन गरेर अघि बढ्ने योजना राखेको नगरप्रवक्ता न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*