नयाँ सेवा थपेर हेटौंडामा निको अस्पताल सञ्चालन

साझाकुरा
२०८१ श्रावण ४, शुक्रबार १२:३१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–२, स्थित तमु फार्मेसी तथा सुविधा पोलिक्लिनिक अब निको अस्पताल प्रालिको रुपमा विस्तारित सेवासहित सञ्चालनमा आएको छ ।दुई दशकदेखि स्थानीयलाई सेवा दिँदै आएको यो स्वास्थ्य संस्था अब १५ शैयाको अस्पतालमा परिणत भएको हो । अस्पतालका सञ्चालक सुधिर दाहालका अनुसार, निको अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्नुका साथै विशेषज्ञ चिकित्सकद्वारा बिरामीको जाँच र उपचार गरिरहेको छ । उनले चाँडै नै जनरल एनेस्थेसिया सहितको ठूला शल्यक्रिया पनि गर्ने योजना रहेको जानकारी दिए ।

हाल अस्पतालमा उपलब्ध सेवाहरुमा जनरल फिजिसियन सेवा, साना शल्यक्रिया, मानसिक तथा स्नायु रोग उपचार छाती, पेट र मुटु रोगको विशेषज्ञ सेवा, ओपिडी सेवा भिडियो एक्स–रे र एक्स–रे, प्रयोगशाला सेवा, इसिजी, इको र इण्डोस्कोपी, दन्त स्त्री तथा बालरोग तथा फार्मेसी सेवा रहेको छ । यो विस्तारित सेवाले हेटौंडा र आसपासका क्षेत्रका बासिन्दालाई उच्चस्तरीय स्वास्थ्यसेवा स्थानीयस्तरमै उपलब्ध गराउने अपेक्षा गरिएको दाहाल बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*