थानाभ¥याङमा अल्पकालीन आवासगृह
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङमा घरेलु हिंसापीडित तथा प्रभावित महिला तथा बालबालिकाको लागि निर्मित अल्पकालीन आवासगृह (सेफ हाउस) उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मुक्तानले रिबन काटेर आवासगृह उद्घाटन गरेकी हुन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिव बद्रीनाथ गैरेको अध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक विकासमन्त्री मुक्तानको प्रमुख आतिथ्यता थियोे ।
कार्यक्रममा हेटौंडा–११ का वडाध्यक्ष जुना दाहाल, वडासदस्य गोपिनी सापकोटा, गीता सुनार, उपमहानगरपालिकाकी महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीलगायतको आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।







