प्रणामी व्यवसायीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

साझाकुरा
२०८१ श्रावण ६, आईतवार १४:०६

हेटौंडा- मकवानपुरगढी गाउँपालिका–६ मा रहेको बालज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । प्रणामी व्यवसायी संघ नेपालले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो । विद्यालयका ३५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम, इरेजर र साइनपेन वितरण गरिएको बिद्यालयकी प्रधानाध्यापक गीता तिमल्सीनाले बताइन् ।संघका संस्थापक अध्यक्ष विष्णुप्रसाद वाग्लेको सभाध्यक्ष तथा मकवानपुरगढी–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*